२०८० मंसिर २१
December 7, 2023, Thursday

इमानसिंह आधारभूत विद्यालयलाई रिजालले दिए शैक्षिक सामाग्री

इमानसिंह आधारभूत विद्यालयलाई रिजालले दिए शैक्षिक सामाग्री

फिदिम, इतिहाँसकार स्व.इमानसिंह चमेम्जोङको १२० औं जन्मजयन्तीका अवसरमा समाजसेवी निर्मल रिजालले ५२ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन् ।

बिद्यालयको २३ औं स्थापना दिवसका अवसरमा इमानसिंह आधारभूत विद्यालय फाल्गुनन्द ४ चिलिङदिनका विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो ।

पाँचथर काठमाण्डौ सम्पर्क समितिको सभापति समेत रहेका रिजालले शैक्षिक क्षेत्रको उन्नती र विकाशका लागि सहयोग ग र्दै आएका छन् ।

स्थापना दिवसको कार्यक्रममा विद्यालयले बुक कर्नर स्थापना गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसमेत वितरण गरेको छ ।

रिजालकै पहलमा कोरोना महामारीमा पनि पाँचथरका स्थानीयतहलाई २२ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका थिए ।

रिजालले मन्दिर निर्माण,खानेपानीको व्यस्थापन,लगायत ३७ रोपनी जमीन जयनारायण उच्च माध्यमिक विद्यालयलाई निःशुल्क प्रदान गरेका छन् ।

मेहेल्बोटे पुर्ख्यौली थलो भएका उनका हजुरबुबा जयनारायण रिजालले तात्कालीन राणा शासनको समयमा २००५ सालमा पाँचथरकै पहिलो विद्यालय स्थापना गरेका थिए ।

हाल जयनारायण स्मृति ट्रष्ट स्थापना गर्दै हजुरबुबाको पुरानो चार तले घर र चार रोपनी जग्गा ट्रष्टलाई हस्तान्तरण गर्न लागिएको उनले जानकारी दिए ।

५ जना शिक्षक र हाल ५२ जना विद्यार्थी रहेको यो विद्यालय राँके बजार नजिकै रहेको छ ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ पुष १९, मंगलवार १२:५८ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

आमाबुवाको हत्या गर्ने पक्राउ
आमाबुवाको हत्या गर्ने पक्राउ
  • २०७९ पुष १९, मंगलवार १२:५८ गते

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १९, मंगलवार १२:५८ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP