२०८० मंसिर २१
December 7, 2023, Thursday

एयरपोर्टमा सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्नू, नीतिगत व्यवस्था मिलाउनू : प्रधानमन्त्री दाहाल

एयरपोर्टमा सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्नू, नीतिगत व्यवस्था मिलाउनू : प्रधानमन्त्री दाहाल

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किएका व्यक्तिहरूले ल्याएको मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेकोप्रति आपत्ति जनाएका छन् ।

उनले अर्थ मन्त्रालयलाई नीतिगत समस्या भएपनि तत्काल समाधान गर्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले भनेको छ— विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिनुभएको छ ।

उनले रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानूनी जटिलता भए त्यसलाई समेत फुकाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले यसअघि पनि मोबाइलमा गरिएको कडाइ तत्कालै कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १९, मंगलवार १३:०१ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष १९, मंगलवार १३:०१ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष १९, मंगलवार १३:०१ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP