ओखलढुङ्गा, ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा तुसारोले जनजीवन कष्टकर बनाएको छ । तुसारो पर्नुका साथै चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको हो ।
केही दिन यता जिल्लाको माथिल्लो भेगमा बाक्लो तुसारो पर्नुका साथै चिसो बढेको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाडेका हरिकुमार मगरले जानकारी दिए ।
तुसारोका कारण चिसोले घाँस दाउरा तथा दैनिक काम गर्न समस्या भएको मगरले बताउनुभयो । बालबालिका तथा ज्येष्ठ नागरिकलाई अझ बढी समस्या भएको उनको भनाइ छ ।
विद्यालयहरूमा पठन पाठनमा समेत समस्या आएको ग्रेस एकेडेमी बोर्डिङ्गका सञ्चालक समेत रहेका मगरको भनाइ छ ।
जिल्लाको माथिल्लो क्षेत्रहरू जन्तरखानी, धाप, सिँगाने, झाप्रे, पात्ले, खिजिदेम्बाको माथिल्लो भेगमा तुसारो पर्नुका साथै चिसो अत्यधिक बढेको छ ।
तुसारोका कारण धारा तथा ट्याङ्कीको पानी समेत जम्न थालेको स्थानीयको भनाइ छ । हिउँ पर्नुभन्दा पहिले जिल्लाको उच्च भेगहरूमा तुसारो पर्ने गर्छ । विगतका वर्षहरू भन्दा अत्यधिक चिसो बढेको स्थानीयहरूको भनाइ छ ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...