रुपन्देही, बुटवलमा पनि लघुवित्त खारेजीको आन्दोलन उठेको छ । लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै बुटवल बजारमा प्रदर्शन गरेका हुन् ।
देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बिहीबार निकालेको विरोध र्यालीमा सहभागीहरू अधिकांश महिला थिए ।
पीडितहरूले सहभागीले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गरलगायतका नारा लगाएका छन् ।
समितिका अध्यक्ष मनिराम ज्ञवालीले ‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग रहेको बताए ।
मंगलवारयता दुई दिन घटेको सुनको मूल्य बिहीवार (आज) आज भने बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य २००...
शेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन...
सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...