काठमाडौं, सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारीमा जुटेको कार्यदलको बैठक सुरु भएको छ ।
अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो । आजको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।
न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय समेटिने एक नेताले बताए ।
कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभन्दा अगाडि नै सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्ने तयारी छ । प्रधानमन्त्री पुस्पकमल दाहालले यही पुस २६ गते विश्वासको मत लिंदैछन् ।
यसअघि पहिलो चरणमा सत्ता साझेदार दलका नेताहरुले आ–आफ्नो तर्फबाट न्यूतम साझा कार्यक्रममा समेटिनुपर्ने विषय प्रस्तुत गरेका थिए ।
तिनै विषयवस्तुलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...