एजेन्सी, मेक्सिकोमा प्रहरीले लागू औषध कारोबारीलाई पक्राउ गर्दा ठूलो तनाव उत्पन्न भएको छ ।
प्रहरीले कुख्यात मेक्सिकन लागू औषध कारोबारीका छोरा गुजमान लोपेजलाई पक्राउ गरेपछि सिनालोआ राज्यमा भएको झडपमा तीन सुरक्षा बलका सदस्यको मृत्यु भएको छ।
उनलाई पक्राउ गरेको विरोधमा समर्थकले सडक बन्द गर्ने, गाडी जलाउने र अन्य हिँसा मच्याउने काम गरेका थिए । त्यसै क्रममा सुरक्षा बलसँग भिडन्त हुँदा तीन जना सुरक्षाकर्मीको ज्यान गएको हो ।
उग्र भीडले विमानस्थलमा समेत आक्रमण गरेको छ । २ वटा जहाजमा गोली लागेको छ । एउटा जहाज उड्न ठिक्क परेको थियो ।
विमानस्थलमै आक्रमण गरेपछि सिनालोआका तीन वटा विमानस्थलमा सयभन्दा बढी उडान रद्द भएका छन् ।
क्युलियाकनबाट मेक्सिको सिटीका लागि उडान गर्ने तयारीमा रहेको विमान बन्दुकको आक्रमणमा परेको थियो । “जब हामी टेक(अफको लागि गति लिइरहेका थियौं, हामीले विमानको धेरै नजिकबाट बन्दुकको आवाज सुन्यौं र हामी सबैले भुइँमा सुत्यौँ” विमानका यात्रुहरूमध्ये एक डेभिड टेलिजले समाचार एजेन्सी रोयटर्सलाई भने।
राज्यका गभर्नरले १८ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । पक्राउ परेका युवाका बुबा गुजमान(लोपेज जसलाई द माउस भनेर पनि चिनिन्छ, उनी अमेरिकामा आजीवन काराबासको सजायमा छन् ।
पक्राउ परेका युवालाई आफ्नो बुबाको कुख्यात सिनालोआ कार्टेलको एक गुटको नेतृत्व गरेको आरोप लगाइएको छ । रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलका अनुसार यो विश्वको सबैभन्दा ठूलो र खतरनाक लागुऔषध तस्कर संगठन हो।
गुजमान लोपेजलाई समात्नको लागि निगरानी अभियानलाई अमेरिकी अधिकारीहरूको समर्थन थियो । पक्राउ परेका उनलाई मेक्सिको सिटीको सुरक्षित स्थानमा सारिएको छ ।
सामाजिक सञ्जालमा भएका भिडियोहरूले सिनालोआको मुख्य सहर कुलियाकानमा जलिरहेको बसहरू र अरु दृष्यले चिन्ताजनक अवस्था देखाउँछन् ।
प्रहरीले विभिन्न क्षेत्रमा कर्फ्यु लगाउँदै नागरिकलाई घरभित्रै बस्न आग्रह गरेका छन् । हिँसाको मौकामा धेरै पसलहरु लुटिएका छन् । कुलियाकानमा स्कूलहरू बन्द भएका छन् ।
मेक्सिकोका सुरक्षा बलहरूले यसअघि सन् २०१९ मा पनि गुजमान लोपेजलाई पक्राउ गरेका थिए तर समर्थकहरूबाट हुने हिंसाको खतराबाट बच्न उनलाई रिहा गरेका थिए।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...