२०८० मंसिर २१
December 7, 2023, Thursday

अमेरिकामा १५ पटकको चुनावबाट सभामुख चयन, डोनाल्ड ट्रम्पलाई १ भोट

अमेरिकामा १५ पटकको चुनावबाट सभामुख चयन, डोनाल्ड ट्रम्पलाई १ भोट

एजेन्सी, अमेरिकाको प्रतिनिधिसभाले नयाँ सभामुखको निर्वाचन सम्पन्न गरेको छ । हालै सम्पन्न नयाँ निर्वाचनमा डेमोक्र्याटिक पार्टीको हार भएपछि सभामुख न्यान्सी पिलोसीले पदबाट राजीनामा दिएकी थिइन ।

उनको ठाउँमा रिपब्लिकन उम्मेद्वार कविन म्याकर्थी सभामुख निर्वाचित भएका हुन् । सभामुख चयनका लागि लगातार १५ पटक चुनाव गर्न परेको थियो ।

अन्तिम चरणमा डेमोक्रटिक पार्टीका हमिक जेफरिज र रिपब्लिकन पार्टीका केविन म्याकर्थी बाँकी रहेका थिए ।

जेफरिजले २१२ र म्याकर्थीले २१६ भोट पाए । अर्थात जम्मा चार मतान्तरले विजय हासिल गरे । १५ पटकको निर्वाचन क्रममा एक पटक एक सांसदले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सभामुख निर्वाचित गरियोस भनेर प्रस्ताव राखेका थिए ।

यो प्रस्तावको पक्षमा उनले मात्रै समर्थन गरे । त्यो परिणामलाई संसदमा पढेर ‘डोनाल्ड ट्रम्पले १ भोट प्राप्त गरेको भनेर सुनाइएपछि हाँसोको फोहोरा फुटेको थियो ।

सभामुख निर्वाचित भए लगत्तै राष्ट्रपति जो वाइडेन लगायतले केविन म्याकर्थीलाई बधाई तथा शुृभकामना दिए ।

हालै सम्पन्न मध्याबधि निर्वाचनमा राष्ट्रपति जो वाइडेनको डेमोक्र्याटिक पार्टीले बहुमत गुमाएको थियो। रिपब्लिकन पार्टीले २२२ सिट हासिल गर्दा डेमोक्र्याटिक पार्टीले २१३ सिट मात्रै जितेको थियो ।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ पुष २३, शनिबार १७:५८ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ पुष २३, शनिबार १७:५८ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ पुष २३, शनिबार १७:५८ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP