२०८० मंसिर १४
November 30, 2023, Thursday

शीतलहरबाट उत्तर प्रदेशमा एकैदिन २२ जनाको मृत्यु

शीतलहरबाट उत्तर प्रदेशमा एकैदिन २२ जनाको मृत्यु

एजेन्सी, भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकैदिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ ।

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्याङ्कअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपिडी) मा ७२३ जना मुटुका बिरामी आएका थिए ।

तीमध्ये अस्पतालमा सात जनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल नआइपुग्दै मृत घोषणा गरिएको थियो ।

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताइएको छ ।

‘कानपुरमा व्यापक शीतलहर बढेको छ जसका कारण हृदय रोगबाट पीडित मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको छ,’ एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन् ।

कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन् । उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ ।

Related News

गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
  • २०७९ पुष २३, शनिबार ०८:४३ गते

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम...

सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
  • २०७९ पुष २३, शनिबार ०८:४३ गते

आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले...

गाजाबाट थप १२ बन्धक रिहा
गाजाबाट थप १२ बन्धक रिहा
  • २०७९ पुष २३, शनिबार ०८:४३ गते

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै...

TOP