काठमाडौ, वर्तमान सरकारको नेतृत्व गरिरहेका छन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तर, सरकार सन्चालनका लागि बनाइएको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझेका छन्, नेकपा एमालेका अध्यक्ष केपी ओलीले ।
सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा १४ पुसमा सत्ता साझेदार दलले कार्यदल बनाएको थियो । त्यही कार्यदलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मस्यौदा प्रतिवेदन ओलीलाई बुझाएको हो ।
नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्शेर राणा, जनता समाजवादी पार्टीका रकम चेम्जोङ सदस्य थिए ।
आज साँझ बालुवाटारमा यो कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल। एमाले अध्यक्ष ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठलगायतका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।
सत्ता सन्चालनका लागि सरकारको नेतृत्वमा दाहाल भएपनि यसको पूर्ण जिम्मेवारी नेकपा एमाले अध्यक्ष ओलीले लिएको टिकाटिप्पणी भइरहँदा कार्यदलले पनि प्राथमिकताका साथ ओलीलाई मस्यौदा प्रतिवेदन बुझाएको हो ।
‘यसले सत्तामा दाहाल भएपनि शक्तिमा ओली भएको स्पष्ट पारेको छ,’ नेकपा एमालेका एक सांसदले बताए ।
प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।
शीर्ष नेताले सो मस्यौदा बुझेपछि त्यसलाई आवश्यक अध्ययन गरेर सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गरिने बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...