२०८० मंसिर २१
December 7, 2023, Thursday

टिपरमा मोटरसाइकल ठोक्किदा दुईको मृत्यु, एकजना घाइते

टिपरमा मोटरसाइकल ठोक्किदा दुईको मृत्यु, एकजना घाइते

सप्तरी, सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरको पछाडि दुई मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते छन् ।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा ८९ प ३२१५ र प्रदेश १ ०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल गए राति करिब पौने २ बजे बिग्रिएर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा ठोक्किएका थिए ।

मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

घाइते भएका अन्दाजी २४ वर्षीय पुरुषलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष २४, आईतवार १२:०४ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष २४, आईतवार १२:०४ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष २४, आईतवार १२:०४ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP