२०८० मंसिर २१
December 7, 2023, Thursday

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला निर्वाचित

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला निर्वाचित

काठमाडौ, सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा लोकतान्त्रिक समावेशी (डिएलए) समूहका वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् ।
३४ औँ कार्यसमिति निर्वाचनबाट पाँच पदाधिकारीमा तीनजना डीलएबाट र दुईजना पीएलएबाट निर्वाचित भएका छन् । सदस्यमा ६ जना डिलएबाट र चारजना पीलएबाट निर्वाचित भएका छन् ।

उपाध्यक्षमा लोकतान्त्रिक समूहकै अधिवक्ता जगदीशचन्द्र पाण्डे निर्वाचित भएका छन् । सचिवमा प्रगतिशील, पेसागत तथा गणतान्त्रिक (पीएलए) समूहका अधिवक्ता श्यामकुमार खत्री निर्वाचित भएका छन् ।

सहसचिवमा डीएलएबाट सुजन लोप्चन र कोषाध्यक्षमा पिएलएबाट कपिलचन्द्र पोखरेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा पीएलएको तर्फबाट अधिवक्ता सिर्जना कट्टेल निर्वाचित भएकी छन् ।

सदस्य पदमा अधिवक्ताहरू उत्तमराज पाठक, अनुपराज उप्रेती, रेशमराज रेग्मी, रूपनारायण श्रेष्ठ, प्रभुजी पन्त, देवी रेग्मी (पोखरेल), सुमनकुमार केसी, रामकुमार राउत (मातृदास), भीमप्रसाद ढकाल निर्वाचित भएका छन् ।

१५ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष २४, आईतवार ०८:०८ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष २४, आईतवार ०८:०८ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष २४, आईतवार ०८:०८ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP