२०८० मंसिर २१
December 7, 2023, Thursday

सूर्यको शतकमा श्रीलंकासँगको टी–२० सिरिज भारतले जित्यो

सूर्यको शतकमा श्रीलंकासँगको टी–२० सिरिज भारतले जित्यो

एजेन्सी, श्रीलंकाविरुद्धको टी–२० सिरिज घरेलु टोली भारतले जितेको छ । गएराति सम्पन्न तेस्रो खेलमा श्रीलंकालाई ९१ रनले हराउँदै भारतले सिरिज २–१ ले जितेको हो ।

श्रीलंका भने यसपटक पनि भारतमा टी–२० सिरिज जित्न चुक्यो । तेस्रो खेलमा भारतले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा १३७ रनमै अलआउट भयो ।

उसका लागि कप्तान दासुन शानका, कुशल मेन्डिसले २३/२३, धनन्जय डिसिल्भाले २२, चरित अशलंकाले १९ र पथुम निशांकाले १५ रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले तीन, हार्दिक पाण्ड्या, उमरान मलिक, युजवेन्द्र चहलले दुई/दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि राजकोटस्थित सौराष्ट्र क्रिकेट संघ स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो ।

उसका लागि मध्यक्रमका ब्याटर सूर्यकुमार यादवले शतकीय पारी खेले । उनले ५१ बलमा ९ छक्का र सात चौकाको मद्दतमा अविजित ११२ रन बनाए ।

टी–२० अन्तर्राष्ट्रियमा उनको यो तेस्रो शतक हो । त्यस्तै, शुभमन गिलले ४६, राहुल त्रिपाठीले ३५ र अक्षर पटेलले अविजित २१ रन जोडे ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले दुई, वानिन्दु हसरंगा, चमिका करुणारत्ने र कसुन रजिथाले एकरएक विकेट लिए ।

सिरिजको पहिलो खेलमा भारत २ रनले विजयी भएको थियो । दोस्रो खेल भने श्रीलंकाले १६ रनले जितेको थियो ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ पुष २४, आईतवार ०८:२२ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ पुष २४, आईतवार ०८:२२ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ पुष २४, आईतवार ०८:२२ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP