२०८१ श्रावण ९
July 24, 2024, Wednesday

जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेछ : अध्यक्ष ओली

जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेछ : अध्यक्ष ओली

काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकाङ्क्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

प्रतिनिधिसभा समक्ष धेरै ठूलो जिम्मेवारी आइपरेको चर्चा गर्दै अध्यक्ष ओलीले देश विकासको बाटोमा अग्रसर हुनुपर्ने, जनताको सेवामा अग्रसर हुनुपर्न, सामाजिक न्याय र समानतामा अग्रसर हुनुपर्ने दिशातर्फ राजनीतिलाई अघि बढाउने अभिभारा संसद्समक्ष भएको चर्चा गरे ।

“हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ” उनले थपे , “सांस्कृतिक मूल्य मान्यता बिर्सेमा समाज वास्तवमा समाज रहँदैन ।”

मुलुकको राजस्व ऋणात्मक अवस्थामा रहेको चर्चा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्यात गर्ने वस्तु घटेको र उद्योग बन्द भएको बताए ।

महँगी बढ्दो र जनजीवन कष्टकर भइरहेको अवस्थामा मुलुकलाई अगाडि बढाउने उत्तरदायित्व सरकार र सांसदसमक्ष भएको उनले चर्चा गरे ।

सरकारले भोलि विश्वासको मत लिने र विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई ज्ञापन गरे ।

परिस्थिति सहज नभएपनि जटिलताबीच काम गर्नुपर्ने अवस्था रहेको उनले बताए । मुलुकले परिवर्तन खोजेकाले सोहीअनुसार आफूहरूले काम गर्ने उनले हाँले प्रतिबद्धता व्यक्त गरे ।

सांसदहरू केवल सांसद हुनका लागि मात्र निर्वाचित नभएको बरु देश र जनताको पक्षमा, खुसीका निम्ति काम गर्न आएको उनले चर्चा गरे ।

“हाम्रा अगाडि भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने, जनताको अपेक्षा पूरा गर्ने चुनौती छ” चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भने , “हामी मुख्य रूपमा लोकतान्त्रिक पद्धति र प्रक्रियाका लागि काम गर्नुपर्नेछ, बन्न पाएको छैन बिगार्नतिर लाग्यौँ भने समयको बरबादी मात्र हुन्छ ।”

अध्यक्ष ओलीले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा संसद् बैठकमा स्वागत गरे । सबै अग्रजप्रति सम्मान व्यक्त गर्दै उनले कृतज्ञताको भाव व्यक्त गरे ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ पुष २५, सोमबार १५:४२ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ पुष २५, सोमबार १५:४२ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७९ पुष २५, सोमबार १५:४२ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP