२०८० मंसिर २१
December 7, 2023, Thursday

नेपाल टी–२० लिग : एलिमिनेटर खेलमा काठमाडौं र विराटनगर खेल्दै

नेपाल टी–२० लिग : एलिमिनेटर खेलमा काठमाडौं र विराटनगर खेल्दै

काठमाडौ, राजधानीमा जारी पहिलो सिजनको नेपाल टी–२० लिगमा आज हुने एलिमिनेटर खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्स खेल्दै छन् ।

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । आज विजयी हुने टिमले दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सको सामना गर्नेछ ।

जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग ६ रनले पराजित भएको थियो । आज पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

विराटनगर तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । उसले पहिलो चरणमा १० म्याचमा पाँचमा जीत र पाँच खेलमा हार बेहोर्‍यो ।

त्यस्तै, चौथो स्थानमा रहँदै प्लेअफको यात्रा गरेको काठमाडौंले १० म्याचमा ६ मा हार र चार खेलमा जीत निकाल्यो ।

समूह चरणअन्तर्गत अन्तिम खेलमा रोहित पौडेल कप्तानीको विराटनगरले काठमाडौंलाई ७ विकेटले हराएको थियो । ऊ आज पनि सोही लय कायम राख्न चाहन्छ ।

ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं अघिल्लो खेलको बदला लिँदै क्वालिफायरको यात्रा तय गर्न चाहन्छ । पहिलो संस्करणको लिग विजेताले ५५ लाख तथा उपविजेता टिमले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

त्यस्तै, तेस्रो हुने टिमले १० लाख तथा चौथो स्थान हासिल गर्ने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ पुष २५, सोमबार ०८:२९ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ पुष २५, सोमबार ०८:२९ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ पुष २५, सोमबार ०८:२९ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP