काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले दाहाललाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन् ।
महामन्त्रीकका साथै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति राखेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलबाहादुर केसीले चार जनाले सहमति दर्ज गरेको बताए । उनले भने, ‘कार्यसम्पादन समितिमा हाम्रो एजेण्डा दर्ज गरौं ।
विश्वासको मत दिने कुरामा हाम्रो असहमति रह्यो ।’ आफूहरुले व्यक्तिगत रुपमा सहमति राखेको केसीको भनाइ छ । उनले भने, ‘हामीले आ-आफ्नो भाषामा आ आफ्नो तरिकाले असहमति राख्यिौं ।’
गगन, विश्वप्रकाश र अर्जुननरसिंह केसी सांसदसमेत छन् ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...