२०८० मंसिर २१
December 7, 2023, Thursday

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने देउवाको प्रस्ताव, महामन्त्रीद्वयले जनाए असहमति

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने देउवाको प्रस्ताव, महामन्त्रीद्वयले जनाए असहमति

काठमाडौं, पार्टी पदाधिकारी बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने प्रस्ताव गरेका छन्।

आफ्नै निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा देउवाले आज संसदमा प्रधानमन्त्रीको पक्षमा मत दिनुपर्ने प्रस्ताव गरेका हुन्।

सभापति देउवाको प्रस्तावमा केही पदाधिकारीले आपत्ति जनाएका छन्। ‘आफ्नो नेतृत्वको गठबन्धन टुटिसकेपछि विश्वासको मत दिनु गम्भीर त्रुटि हुने भन्दै प्रस्तावको विपक्षमा मत राख्नुपर्ने’ धारणा राखेका एक पदाधिकारीले बताए।

देउवाले विश्वासको मत दिनैपर्ने अडान राखेपछि विपक्षमा उभिएका पदाधिकारीहरूले केन्द्रीय कार्यसमिति बैठकमाबाट निर्णय लिनुपर्ने प्रस्ताव राखेका छन्।

तर, संसदमा विश्वासको मत लिने समय १ बजेलाई तोकिएको छ। तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्न सम्भव नभएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

अब कार्यसम्पादन समितिको बैठकमा यसबारे छलफल हुने छ। बैठकमा सभापति देउवाको प्रस्ताव पारित गर्ने र प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने सम्भावना रहेको एक जना पदाधिकारीले बताए।

विश्वासको मत नदिन महामन्त्रीको दबाब

सभापति देउवाले सरकारलाई विश्वासको मत दिने निर्णय गर्न लागेपछि युवा नेताहरूले विरोध जनाएका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले विश्वासको मत दिन नहुने अडान लिएका छन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साँझ सभापति देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए। त्यसलगत्तै देउवाले विश्वासको मत दिन नेताहरूसँग परामर्श गरेका थिए।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष २६, मंगलवार १२:०८ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष २६, मंगलवार १२:०८ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष २६, मंगलवार १२:०८ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP