एजेन्सी, ब्राजिलको राजधानी ब्राजिलियामा आइतबार प्रदर्शनकारीहरूले कब्जा गरेका संसद भवन, सर्वोच्च अदालत र विभिन्न सरकारी भवन सेनाले मुक्त गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डे मारेसले ब्राजिलियामा सेनाको मुख्यालय बाहिर र देशका अन्य ठाउँमा प्रदर्शनकारीहरूलाई हटाउन आदेश दिएका छन्।
असोजमा निर्वाचन भएदेखि आन्दोलनकारीले विभिन्न ठाउँमा शिविरमा बसेर विरोध प्रदर्शन गरिरहेका छन् । सेनाको मुख्यालय बाहिर रहेको क्याम्पबाट प्रदर्शनकारीलाई हटाउन प्रहरी पुगेको थियो ।
केही प्रदर्शनकारीहरू अझै पालमा छन् । तर, केहीले आफ्ना सामानहरू प्याक गर्न थालेको देखिन्छ।
सुरक्षा बलहरूले ब्राजिलियाको संसद र सर्वोच्च अदालत वरपरको क्षेत्र पुनः नियन्त्रणमा लिएका छन् र सयौं मानिसहरूलाई गिरफ्तार गरेका छन्।
आइतबार भएको घटना प्रजातन्त्रको लागि खतरनाक भएको भन्दै विश्वभरबाट आलोचना भइरहेको छ ।
१६ सय जना भन्दा धेरैलाई प्रकाउ गरिएको ब्राजिलको प्रहरीले जनाएको छ । राजधानीमा आपतकाल घोषणा गरिएको छ ।
सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने पूर्व राष्ट्रपति बोल्सोनारोका सहयोगी गभर्नरलाई सुरक्षा कमजोरीका कारण निलम्बन गरिएको छ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोप्रति वफादार प्रदर्शनकारीहरूले अक्टोबरमा भएको चुनाव रद्द गर्न र ब्राजिललाई बचाउन सैन्य हस्तक्षेपको लागि आह्वान गरेका छन्।
दुई वर्षअघि डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकाको क्यापिटल हिल चढेका थिए, यस्तै तश्वीर आइतबार ब्राजिलको राजधानी ब्राजिलियामा देखिएका थिए ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा प्रदर्शनकारीहरूले कार्यालयको झ्याल र ढोका तोडफोड गर्दै फर्निचर, कम्प्युटर र प्रिन्टरहरू भुइँमा फालेको देखाइएको छ।
उनीहरुले सरकारी भवनहरूमा रहेको कला र ऐतिहासिक वस्तुहरूमा पनि उल्लेखनीय क्षति पुर्याएका छन् । जसमा एमिलियानो डि काभाल्कान्टीको चित्रकला पनि समावेश छ।
प्रदर्शनकारीहरूले सर्वोच्च अदालत बाहिर रहेको मूर्ति पनि तोडफोड गरेका छन्। राजधानीमा भएको प्रदर्शनपछि राष्ट्रपति लुला डे सिल्भाले घटनास्थलको निरीक्षण गरी घटनाका दोषीलाई कारबाही गर्ने वाचा गरेका छन् ।
अक्टोबरमा भएको चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग बोल्सोनारो पराजित भएका थिए ।
लामो समय चुनावी परिणाम अस्वीकार गरेका उनी सर्वोच्चले चुनावलाई वैध ठहर गरेसँगै अमेरिका गएका थिए ।
उनी सत्ता हस्तान्तरण समारोहमा पनि सहभागि भएनन् । अहिले उनै पराजित बोल्सोनारोका समर्थकले राजधानीमा हंगामा मच्याएका हुन् ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...