जनकपुर, जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्री बन्न प्रदेश प्रमुखसमक्ष बुधबार दाबी पेस गरेका छन्।
जसपाको मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्री पदका लागि दाबी प्रस्तुत गरेका हुन्।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए।
यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।
साथै स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन छ।
सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कूल ६३ जना प्रदेशसभा सदस्यको समर्थन छ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ। यता मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ।
नियुक्त हुने नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारीसमेत गरिँदै छ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...