२०८० मंसिर २१
December 7, 2023, Thursday

देश र जनतालाई सुशासन दिएर अघि बढ्ने : प्रधानमन्त्री दाहाल

देश र जनतालाई सुशासन दिएर अघि बढ्ने : प्रधानमन्त्री दाहाल

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बलियो विश्वासको मत मिलेका अब देश र जनतालाई सुशासन दिएर अघि बढ्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालको कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

अहिले नेपाल र नेपाली सबैलाई यो सफलता मिलेको छ। यो पटक पार्टी र सरकार सफल हुने कुरामा शंका छैनु, उनले भने, जनयुद्ध हुँदै गर्दा राज्यले किलो शेरा टु अप्रेशन चलाएको थियो।

पार्टीका कतिपय साथीहरुमा निराशा थियो। त्यही बेला जनयुद्ध दुई तीन वर्ष पनि जाँदैनथ्यो कि भन्ने थियो। तर, हामीले युवाहरुलाई नेतृत्वमा ल्याएर जनयुद्ध सफल बनायौँ।

उनले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्ने पनि बताए। अब हामीले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुछु, उनले भने, हामीले आर्थिक समृद्धिको यात्राको कल्पना गरेका छौँ।

समाजवादतिरको यात्राको आरम्भको बिन्दु यही हुन सक्छ। यतिबेला सरकार र पार्टीलाई सहयोग चाहिएको छ। हामी प्रतिक्रियावादीहरुको घेरा तोडेर यहाँसम्म आएका छौँ, त्यसैले हामी सफल हुनैपर्छ।

उनले पार्टीलाई व्यापक रुपमा विस्तार गर्न जरुरी रहेको बताए। वाईसीएलले पनि पार्टी संगठन विस्तारमा योजनावद्ध लाग्नुपर्ने प्रधानमन्त्री दाहालले बताए।

Related News

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ पुष २७, बुधबार १२:३६ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ पुष २७, बुधबार १२:३६ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष २७, बुधबार १२:३६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP