२०८० मंसिर २१
December 7, 2023, Thursday

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

काठमाडौ, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख तीन हजार दुई सय रुपैयाँमा आएको छ ।

यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार सात सय छ ।

यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Related News

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ पुष २७, बुधबार १२:०६ गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ पुष २७, बुधबार १२:०६ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’
‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’
  • २०७९ पुष २७, बुधबार १२:०६ गते

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने...

TOP