२०८० मंसिर २०
December 6, 2023, Wednesday

आदेश होइन कानूनको पालना गर्न सुरक्षा निकायलाई गृहमन्त्री लामिछानेको निर्देशन

आदेश होइन कानूनको पालना गर्न सुरक्षा निकायलाई गृहमन्त्री लामिछानेको निर्देशन

चितवन, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानूनको पालना गर्न निर्देशन दिएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश नभएर कानून पालना गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नुसमेत निर्देशन दिएको स्पष्ट पारे । ‘

अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्‍याउने वा मेरो मान्छे छोडिदिऊ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु,’ उनले भने ।

गृहमन्त्री लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिएको जानकारी दिए । ‘

सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले भने, ‘कानूनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’

उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको पनि बताए ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ पुष २८, बिहीबार १२:५७ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ पुष २८, बिहीबार १२:५७ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ पुष २८, बिहीबार १२:५७ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP