२०८० मंसिर १३
November 29, 2023, Wednesday

काठमाडौं–तराई/मधेश द्रूतमार्गको भौतिक प्रगति २१ प्रतिशत मात्र

काठमाडौं–तराई/मधेश द्रूतमार्गको भौतिक प्रगति २१ प्रतिशत मात्र

काठमाडौं, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गको २१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

नेपाली सेनाकाअनुसार मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार २१ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको यस आयोजनाको २१.६४ प्रतिशत भौतिक प्रगति भएको छ भने २०.०४ प्रतिशत वित्तीय प्रगति भएको प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

२०८१ मङ्सिर महिनासम्म यस आयोजना सक्ने लक्ष्य छ । तर, अझै ७९ प्रतिशत नै काम बाँकी रहेकाले यस आयोजना निर्माणकार्य तोकिएकै समयमा सम्पन्न नहुने देखिएको छ ।

सरकारले २०७४ सालमा यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । दुई वर्षपछि २०७६ साल भदौ १ मा सरकारले विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० स्वीकृत गरेको थियो ।

नेपाली सेनाका प्रवक्ता भण्डारीले भने , २०८१ सालको मङ्सिर महिनामा यो निर्माण कार्य सक्ने लक्ष्य रहेअनुसार काम तीव्र गतिमा भइरहेको छ ।

तर, कार्य प्रगति अहिले २१ प्रतिशत मात्र काम सम्पन्न भएकाले काम तोकिएकै समयमा सक्न भने चुनौती छ ।’

आर्थिक तथा व्यापारिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको यस आयोजनाको काम तोकिएकै समयमा सम्पन्न नहुँदा समयसँगै लागत पनि बढ्ने देखिएको छ ।

काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको यस मार्गका कारण तराईमा उत्पादित वस्तु तथा सेवाहरु राजधानी ल्याउन र राजधानीबाट तराई आवतजावत तथा वस्तुको व्यापार गर्न पनि सहज हुने अपेक्षा गरिएको छ ।

८७ वटा पुल

यस आयोजनामा कुल ८७ वटा पुल रहनेछन् । जसमध्ये सुरुङखण्डको ४५ वटा पुलको ठेक्का प्रक्रिया सम्पन्न भई निर्माणकार्य चलिरहेको र बाँकी ४२ वटा पुल ठेक्का लाग्ने प्रक्रियामा रहेको प्रवक्ता भण्डारीको भनाइ छ ।

यस आयोजनामा सुरुको दिनमा सार्वजनिक खरिद ऐनका कारण खरिद प्रक्रियामा नै समस्या भएकाले निर्माण कार्यमा केही बाधा परेको उहाँको भनाइ छ ।

फास्टट्रयाक निर्माणको क्रममा रुख कटानको लागि केही प्रक्रिया हुने भएकाले पनि निर्माण कार्य ढिलाइ भएको उहाँको भनाइ छ ।

पहिले रुख कटानका लागि वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति लिनुपर्ने र काटिएका रुखहरुको सट्टा अन्य रुखहरु रोप्नुपर्ने भएकाले पनि ढिलाइ भएको फास्टट्रयाक निर्माणलाई गति दिन सेनाका प्रवक्ताको संयोजकत्वको समिति गठन भएको छ ।

तीनवटा सुरुङमार्ग

यस राजमार्गमा तीनवटा सुरुङमार्ग रहनेछन् । कुल ६.४१ किलोमिटर रहेने उक्त सुरुङमार्ग महादेवटारमा ३.३५ किलोमिटर, धेन्द्रे सुरुङमार्ग १.६३० किलोमिटर, लेनडाँडा सुरुङमार्ग १.४३० किमी रहेको छ ।

यस सुरुङमार्ग अन्तर्गत प्याकेज न १ अन्तर्गत महादेवटार सुरुङमार्गका निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ् कम्पनी चाइना र प्याकेज २ अन्तर्गत धेन्द्रे तथा लेनडाँडा सुरुङमार्ग निर्माणका लागि पोली चन्दा इन्जिनियरिङ् कम्पनी चाइनासँग आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भई दुवै प्याकेजको निर्माण कार्य भइरहेको सेनाका प्रवक्ता भण्डारीले बताए ।

महादेवटारको सुरुङमार्ग खण्डको प्रवेशद्वारको दायाँतर्फ २०३ मिटर, बायाँतर्फ २३७ मिटर तथा बाहिरिनेको दायाँतर्फ १९४ मिटर र बायाँतर्फ २५३ मिटर सुरुङमार्ग खन्ने कार्य सम्पन्न भएको छ ।

धेन्द्रेतर्फको प्रवेशद्वारको दायाँतर्फ १५६ मिटर, बायाँतर्फ ३३३ मिटर तथा बाहिरिनेको दायाँतर्फ प्रवेशद्वार निर्माणको काम भइरहेको छ ।

यस्तै, लेनडाँडा सुरुङमार्गको सुरुङमार्गतर्फ दायाँ र बाँया तर्फ क्यानोपी कन्स्ट्रक्सन सम्पन्न भई उत्खननको कार्य सुरु भएको छ ।

बाहिर निस्कनेको दायाँतर्फ १५९ मिटर तथा बाँयातर्फको १३० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । पौने दुई खर्ब लागत अनुमान रहेको द्रुतमार्ग ७२.५ किलोमिटरको हुनेछ ।

Related News

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ पुष २८, बिहीबार १३:०९ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

केरुङ–काठमाडौँ रेलमार्ग सर्वेक्षण, नुवाकोटमा सकेर रसुवामा सुरु
केरुङ–काठमाडौँ रेलमार्ग सर्वेक्षण, नुवाकोटमा सकेर रसुवामा सुरु
  • २०७९ पुष २८, बिहीबार १३:०९ गते

नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग अन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न...

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
  • २०७९ पुष २८, बिहीबार १३:०९ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।  स्वबासी, सुकुम्वासी...

TOP