२०८० मंसिर २०
December 6, 2023, Wednesday

बलात्कारको आरोज लागेका क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुँदै

बलात्कारको आरोज लागेका क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुँदै

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन् । उच्च अदालत पाटनले विहीबार सन्दपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाले आज उनी रिहा हुँदैछन् ।

विहीबार आदेश आउँदा राति भइसकेकाले आज आवश्यक प्रकिया पूरा गरेर उनलाई थुनाबाट निकालिने सन्दीपका अधिवक्ताले सरोज घिमिरले जनाएका छन् ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई यसअघि जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशकाविरुद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले पनि लामिछानेले विदेश जान नपाउने आदेश भएको जानकारी दिए ।

यसअघि काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन आदेश दिएको थियो। नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार बलात्कार गरेको आरोप लागेपछि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको जिकिर गर्दै आएका छन् ।

उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ पुष २९, शुक्रबार ०८:३६ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ पुष २९, शुक्रबार ०८:३६ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ पुष २९, शुक्रबार ०८:३६ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

TOP