एजेन्सी, बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ तथा अतिरिक्त समयमा २–२ को बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गर्न सफल भए ।
रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले मात्र गोल गरे । उसका जुआनमी र विलियम कार्भाल्हो पेनाल्टीमा चुके ।
साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा ४० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
७७ औं मिनेटमा रियल बेटिसका नविल फेकिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
९३ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । त्यस्तै, १०१औं मिनेटमा रियलका लोरेन मोरोनले गोेल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
आन्द्रेस गुआरडाडो दोहोरो पहेँलो कार्ड पाएपछि ११८औं मिनेटमा रियल १० खेलाडीमा सेमटिएको थियो । अब उपाधिको लागि बार्सिलोनाले १५ जनवरीमा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
रियलले बुधबार राति भ्यालेन्सियालाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु...
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा...
पोखरामा मंसिर ९ गर्ने अन्तर्राष्ट्रियस्तरको माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘साझा...