२०७९ माघ १९
February 2, 2023, Thursday

सुनसरीको कोशीमा राकिएन हात्ती आतंक, एक वर्षमा आठको गयो ज्यान

सुनसरीको कोशीमा राकिएन हात्ती आतंक, एक वर्षमा आठको गयो ज्यान

इनरुवा, सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतंक कायमै छ । जंगली जनावरको आंतक जारी रहँदा स्थानीयहरु त्रसित बनेका छन् ।

यस हप्तामा मात्रै दैनिक अर्ना स्थानीयको खेतबालीमा आएको दर्जन बढी घटना भएका छन् । त्यसमध्ये बालीको क्षतिसँगै कोशी –३ नम्बर वडाका मनोहर साह र राजेन्द्र साह भैसी चराउने क्रममा कोशीटप्पु बन्यजन्तु आरक्षको अर्नाको आक्रमणबाट घाइते भएका थिए ।

उनीसँगै कयौ स्थानीयको बाली खाई कुल्ची क्षति गरेको छ । सामान्यदेखि गम्भीर घाइते हुनेगरी आक्रमण गरेको कोशी गाउँपालिका –३ का वडा अध्यक्ष सुलेमन मन्सुरीले जानकारी दिए ।

मंसुरीले भने , “यसपाली जति जाडो बढिरहेको छ, त्यति कोशी क्षेत्रमा अर्ना र हात्ती आतंक बढेको छ । अर्ना र हात्तीको तनाव कायमै रहेकाले विपन्न समुदायको बिचल्ली भएको छ ।”

पर्यटकीय क्षेत्र भनिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक कम र त्यहाँबाट निस्केर गाउँ पसेका जंगली अर्ना र हात्तीका कारणले तानव र त्रास मात्रै बढाएको उनको भनाइ छ ।

सुनसरीको कोशी क्षेत्रमा एकपछि अर्को जंगली जनावरको आतंक र आक्रमण बढेपछि स्थानीय त्रसित बनेका छन् ।

आर्थिक वर्ष २०७८–७९ मा हात्तीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । सोही संख्यामा घाइते भएका छन् ।

मृतकका परिवारलाई जनही १० लाख रुपियाँका दरले ८० लाख रुपियाँ वितरण गरिएको आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिए ।

हात्तीले ३०२ वटा घरटहरामा क्षति गरेका छन् भने किसानले लगाएको अन्नबालीहरु ४३१ स्थानमा खाएर नष्ट गरेको तथ्यांक छ ।

हातीले मात्रै एक वर्षमा मानवीय क्षतिसहित एक हजार १२ वटा घटना गरेको तथ्याङ्क छ ।

आरक्षको अकार्षकको रुपमा रहेका नेपालको मात्रै नभई विश्वमै लोपोन्मुख अवस्थाको जंगली भैसी ९अर्ना० को आक्रमणबाट सात जना घाइते भएका छन् ।

अर्नाले आरक्ष आसपास मध्यवर्ती क्षेत्रका १७५ जना किसानको बालीमा नोक्सानी गरेको छ ।

पुस महिनामा मात्रै दुई जना घाईते भएको र दर्जन बढी किसानको बालीमा नोक्सानी गरेकाले स्थानीयहरु त्रसित बनेका छन् ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले दीर्घकालीन समस्या समाधानका लागि संघीय सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७९ पुष २९, शुक्रबार ०९:३७ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
  • २०७९ पुष २९, शुक्रबार ०९:३७ गते

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...

सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
  • २०७९ पुष २९, शुक्रबार ०९:३७ गते

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

TOP