२०८० मंसिर २१
December 7, 2023, Thursday

कांग्रेसले सभामुखमा विमलेन्द्र निधिलाई उम्मेदवार बनाउने

कांग्रेसले सभामुखमा विमलेन्द्र निधिलाई उम्मेदवार बनाउने

काठमाडौ, ५ माघमा हुने सभामुख निर्वाचनमा नेपाली कांग्रेसले विमलेन्द्र निधिलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यसअघि बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुख तथा उपसभामुख चुनावमा संसदमा रहेका अन्य दलहरुको समर्थन लिन छलफल सुरु गर्ने निर्णय गरेको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा सभामुख निर्वाचनका लागि अन्य दलहरुसँग सहकार्य गर्ने निर्णय गरिएको थियो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिए पछि अहिलेको सत्ता समीकरणमा आशंका उत्पन्न भएको र त्यसलाई नै आफ्नो शक्ति बनाउँदै कांग्रेसले निधिलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

निधिसँगै कांग्रेसले सभामुखमा अगाडि सारेका अर्का नेता हुन्, ज्ञानेन्द्रबहादुर कार्की । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको खण्डमा पहिलो रोजाइमा विमलेन्द्र निधि र दोस्रोमा ज्ञानेन्द्रबहादुर कार्की हुने निश्चित छ,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य तथा सांसदले भने, ‘सभामुखमा निधिलाई उठाउन सक्दा अहिलेका सत्ता साझेदार केही दलले उहाँलाई मत दिन सक्छन् भन्ने अनुमान गरिएको छ ।’

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र अन्य दलको मत कांग्रेसका सभामुख उम्मेदवारलाई ल्याउन प्रयास गरेका छन् ।

यसअघि विश्वासको मत माग्न देउवा निवासमा पुगेका प्रचण्डसँग पनि यसबारे छलफल भएको ती नेताले दाबी गरे ।

‘तर, अहिले नै मन्त्रिमण्डल विस्तार तथा सत्ता साझेदार दलका अन्य विषयमा कायम रहेकाले र त्यहाँ खासै खटपट नदेखिएकाले कांग्रेसले सभामुखमा जित निकाल्ने सम्भावना निकै कम छ,’ ती नेताले भने, ‘यही प्रयासले चाहिँ राष्ट्रपति निर्वाचनसम्ममा केही फरक सिनारियो देखिने सम्भावना बढेको छ ।’

सत्ता साझेदार दलमा सभामुख नेकपा एमालेको भागमा परेको छ । अहिलेसम्म नेकपा एमालेबाट सभामुखमा को उम्मेदवार बन्नेछन् भन्ने टुंगो लागिसकेको छैन ।

यसमा सबैभन्दा बलियो दाबी पेश गरेका छन्, पृथ्वीसुब्बा गुरुङले । गुरुङसँगै नेकपा एमालेका अर्का नेता छविलाल विश्वकर्माले पनि सभामुखमा दाबी पेश गरेका छन् ।

सभामुखमा प्रवल सम्भावना भएका नेकपा एमालेका सुवास नेम्वाङले भने यसअघि बारम्बार आफू सभामुख भएकाले अब आफू सभामुख नहुने सार्वजनिक रुपमा नै बताएका छन् ।

सभामुख एमालेको भागमा परे पनि सत्ता साझेदार दलमा उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले दाबी गर्दै आएका छन् ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष ३०, शनिबार ०९:०५ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ३०, शनिबार ०९:०५ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ३०, शनिबार ०९:०५ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP