२०८० मंसिर २१
December 7, 2023, Thursday

तत्काल सरकारमा जाने सम्भावना छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने सम्भावना छैन : अध्यक्ष नेपाल

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् ।

पार्टीको रौतहट-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताए ।

उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे ।

परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ ।

उनले संसद् विघटन गरिन्छ की भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको जिकिर गरे ।

उनले सत्ता र पावरले मान्छेलाई घमन्डी बनाउने भएकाले विनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरूलाई पनि आउने वातावरण तयार भएको बताए ।

उनले समानुपातिकमा सन्तोषजनक मत नआए पनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको पनि बताए ।

अध्यक्ष नेपालले पार्टीलाई सशक्त रूपमा अघि बढाउनका लागि जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष ३०, शनिबार १८:४७ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ३०, शनिबार १८:४७ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ३०, शनिबार १८:४७ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP