एजेन्सी, माया एउटा मिठो आभास हो । भनिन्छ मायामा आफैलाई भुल्ने पनि धेरै छन् । माया गर्नेहरुको जीवन एकप्रकारको मिठासले भरिएको हुन्छ ।
त्यसो त माया बसेपछि उमेरको पनि कुनै महत्व हुँदैन । यो कुराको पुष्टि के ले पनि गर्छ भने समाजमा केही यस्ता व्यक्तिहरु रहेका छन् जो आफूभन्दा जेठी महिलाहरुसँग सम्बन्ध गास्न मन पराउँछन् । कतिपयले मायालाई विवाहमा परिणत पनि गरेका छन् ।
पुरुषलाई आफूभन्दा जेठी महिलाहरु मन पराउने कारण भने महिलाहरुको परिपक्वता हो । उनीहरुलाई धेरै कुराको राम्रो ज्ञान हुने भएका कारण पनि पुरुषहरु जेठ महिलाप्रति बढी आकर्षित हुने गर्छन् ।
आफूभन्दा कान्छी महिलाहरुमा हुने कम परिपक्वताका कारण असमझदारी बढी हुने हुँदा सम्बन्धमा धेरै बेमेल हुने गर्छ ।
जेठी महिलाहरु ज्यादा केयरिङ, सम्झौता गर्न सक्ने तथा कुरा बुझ्ने खालका हुन्छन् ।
भागदौडको जीवनमा थकान बढी लाग्ने गर्छ । र यस्ता कुराहरु ह्याण्डल गर्न परिपक्वता भएका महिलाहरु सफल हुन्छन् ।
पुरुषहरुलाई भावनात्मक सहयोग दिनमा उनीहरु खप्पिस हुन्छन् ।
इमोशनल कुराहरुदेखि आर्थिक कुराहरुमा पनि उनीहरु सन्तुलन गरेर अगाडि बढ्न मद्दत गर्छन् ।
त्यस्तै सेक्स लाइफमा पनि उनीहरु त्यत्तिकै परिपक्व भएका हुन्छन् । यी कारण पनि पुरुषहरु आफू भन्दा जेठी महिलाहरु बढी मन पराउँछन् ।
काठमाडौ, नेफ्टा अवार्ड आयोजनाका लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले सम्झौता गरेका छन् । सम्झौता अनुसार काउन्सिलले...
काठमाडौं, लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको राति निधन भएको बताइएको छ । उनको पार्थिव शरीरलाई...
एजेन्सी, बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ले घरेलु मात्र नभएर विश्वभरको ‘बक्स अफिस’मा उच्च कमाइ गरेको छ। रिलिजको पहिलो दिनमा...