२०८० मंसिर २०
December 6, 2023, Wednesday

यति एयरलाइन्स विमान दुर्घटनाको छानबिनका लागि बन्यो ५ सदस्यीय जाँचबुझ आयोग

यति एयरलाइन्स विमान दुर्घटनाको छानबिनका लागि बन्यो ५ सदस्यीय जाँचबुझ आयोग

काठमाडौ, आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिनका लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन भएको छ।

विमान दुर्घटनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले‍ छानबिनका लागि आयोग गठन गरिएको बताए।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुझाव दिने गरी आयोग बनाइएको छु, उनले भने, गैरसैनिक हवाई उडान दुर्घटना नियमावली २०४१ अनुसार दुर्घटना जाँच आयोग गठन गरिएको हो।

उनका अनुसार आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरुमा हवाई उडानविज्ञ दीपकप्रसाद बाँस्तोला,अवकाश प्राप्त क्याप्टेन तथा हवाईविज्ञ सुनिल थापा र हवाई मेन्टेनेन्स क्षेत्रका इन्जिनियर टेकराजजंग थापा सदस्य रहेका छन्।

आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने रहेका छन्। यो आयोगलाई ४५ दिनको समय दिइएको छ।

विमान दुर्घटनाबारे थप बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल , गृहमन्त्री रवि लामिछाने र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाँदैछन्।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ माघ १, आईतवार १५:०२ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ माघ १, आईतवार १५:०२ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ माघ १, आईतवार १५:०२ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

TOP