काठमाडौ, आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा लोकदोहोरी गायिका निरा छन्त्याल पनि यात्रु रहेको खुलेको छ ।
उनी नेपाल छन्त्याल युवा संघले आइतबार आयोजना गरेको एक कार्यक्रममा मुख्य आकर्षकका रूपमा थिइन् ।
उनले पोखरा कार्यक्रमको पोस्टर आफ्नो फेसबुकको स्टोरीमा समेत पोष्ट गरेकी छन् ।
विमान चढ्नुअघि उनले आफ्नो फेसबुकमा एउटा तस्वीर राख्दै माघे संक्रान्तिको शुभकामना समेत दिएको देखिन्छ ।
बागलुङकी उनले स्वर दिएका केही लोकदोहोरी गीतहरू स्रोता दर्शकहरूले रुचाएका छन् ।
यस वर्ष तीजमा समेत नयाँ गीत ल्याएकी उनी लाइभ दोहोरी गायनमा पनि सक्रिय थिइन् । दुर्घटनापछि गायिका छन्त्यालको अवस्था खुलेको छैन ।
लोकदोहोरी कलाकारहरूको फेसबुकमा स्टाटस लेख्दै उनीबारे चिन्ता र चासो व्यक्त गरेका छन् ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...