२०८० मंसिर २०
December 6, 2023, Wednesday

यती विमान दुर्घटनामा परेका चारजना अझै फेला परेनन्, बिहानैदेखि खोजी गरिँदै

यती विमान दुर्घटनामा परेका चारजना अझै फेला परेनन्, बिहानैदेखि खोजी गरिँदै

पोखरा, पोखरामा आइतबार बिहान भएको यती एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आज पनि गरिँदैछ ।

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएका कारण आज बिहानैदेखि उद्धार कार्य गरिन लागिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार विमानमा सवारमध्ये अझै चारजना फेला परेका छैनन् ।

‘विमानमा सवारमध्ये हालसम्म चार जना अझै फेला पर्नुभएको छैन,’ उनले भने, ‘पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव सोमबार बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौँ, काठमाडौंका र आफन्त काठमाडौं नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी गरेका छौँ ।’

विमानमा सवार ६८ जनाको शव भने आइतबार नै भेटिएको थियो । शव भेटिएकामध्ये ११ जनाको सनाखत भइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

९ एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । जहाजमा चार चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए ।

जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला थिए । यती एयरलाइन्सका अनुसार जहाजमा १५ जना विदेशी यात्रु सवार थिए ।

जसमध्ये पाँचजना भारतीय, चारजना रसियन, दुईजना कोरियन, एक अर्जेन्टिनी, एक आइसिरिस र एक फ्रान्सेली नागरिक हुन् ।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ माघ २, सोमबार ०८:५३ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ माघ २, सोमबार ०८:५३ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ माघ २, सोमबार ०८:५३ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

TOP