२०८१ बैशाख ७
April 19, 2024, Friday

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

एजेन्सी, रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । ​साउदी अरबको रियादमा गएराति सम्पन्न फाइनल खेलमा गत विजेता रियललाई ३–१ गोल अन्तरमा हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा बार्सिलोनालाई उपाधि दिलाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एकरएक गोल गरे ।

रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासबाट गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा गाभीकै पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–० ले अग्रता दिलाए । ६९ औं मिनेटमा गाभीको पासमा पेड्रीले गोल गर्दै खेलमा बार्सिलोनाले ३–० को फराकिलो अग्रता बनायो ।

करिम बेन्जेमाले खेलको इन्जुरी समयमा गोल फर्काए पनि त्यो म्याड्रिडको जितका लागि पर्याप्त भएन । बार्सिलोनाले पछिल्लोपटक सन् २०१८ मा सुपर कपको उपाधि जितेको थियो ।

Related News

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ माघ २, सोमबार ०९:१० गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ माघ २, सोमबार ०९:१० गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
  • २०७९ माघ २, सोमबार ०९:१० गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ । ओमानकाे अल अमिरात क्रिकेट...

TOP