२०८० मंसिर २१
December 7, 2023, Thursday

आज मन्त्रिपरिषद् विस्तार हुँदै, यस्तो छ मन्त्रालय भागबण्डा

आज मन्त्रिपरिषद् विस्तार हुँदै, यस्तो छ मन्त्रालय भागबण्डा

काठमाडौ, सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुंगो लगाएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेका अनुसार मन्त्रालयको नाम भने मंगलबार सार्वजनिक हुनेछ । ‘

कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर मंगलबार आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ,’ गृहमन्त्री लामिछानेले भने ।

स्रोतका अनुसार एमालेले ८ वटा मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राप्रपाले तीनरतीन वटा मन्त्रालय पाउने छन् ।

माओवादी केन्द्र, रास्वपा र राप्रपाले एकरएक राज्यमन्त्री पनि पाउने सहमति भएको बताइएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले दुई र जनमत पार्टीले एक मन्त्रालय पाउने भएका छन् । नयाँ मन्त्रीले आज दिउँसो सपथ लिने कार्यक्रम छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच बालकोटमा झन्डै ५ घण्टा छलफल भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष दाहाललाई गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । विश्वासको मत पाएपछि दाहालले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन् ।

अहिले आठ सदस्यीय मन्त्रिमण्डल छ । प्रधानमन्त्रीसहित सात मन्त्रीले ११ पुसमा पद तथा गोपनीयताको सपथ लिएका थिए ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ माघ ३, मंगलवार ०९:११ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ माघ ३, मंगलवार ०९:११ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ माघ ३, मंगलवार ०९:११ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP