२०८० मंसिर १४
November 30, 2023, Thursday

बागमतीका मुख्यमन्त्री जमकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री जमकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ ।

हेटौंडामा मंगलबार बसेको कांग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ ।

बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको बताए ।

११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद रहेका छन् ।

Related News

बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
  • २०७९ माघ ३, मंगलवार १४:२६ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ माघ ३, मंगलवार १४:२६ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
  • २०७९ माघ ३, मंगलवार १४:२६ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।  स्वबासी, सुकुम्वासी...

TOP