काठमाडौ, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतलाई १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने भएको छ । ‘
इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार उनलाई उक्त अवार्ड प्रदान गरिने जनाएको हो ।
बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा प्रदान गरिँदै आइरहेको छ ।
यो पटक डा। रुइतलाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ । यो अवार्ड सन् २००९ मा स्थापना भएको हो । तर, वितरण भने सन् २०१३ देखि सुरु भएको हो ।
‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार उक्त अवार्ड फेब्रुअरी महिनामा प्रदान गरिनेछ ।
’अवार्डको पाँचौं संस्करणअन्तर्गत सन् २०२३ मा डा.रुइतलाई उक्त अवार्ड प्रदान गरिनेछ ।
अवार्डसँगै उनलाई १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने संस्थाले सार्वजनिक गरेको जानकारीमा उल्लेख गरिएको छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...