काठमाडौं, दुवई उठानद्वारा काठमाडौंबाट दुवई हुँदै क्रोसिया जान लागेका २१ जनाबाट प्रहरीले ५१ हजार ३५० युरो बरामद गरेको छ ।
उडानमा रहेका २१ जनाको पासपोर्ट जाँच गर्दा युरो लाने अनुमति नलिएको पाइएपछि थप जाँच गरिएको थियो ।
जाँचको क्रममा ५१ हजार ३५० युरोसहित २१ माथि जाँच गरिएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षा फोर्सले मङ्गलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
युरो कसले पठाएको भनेर प्रहरीले सोधपुछ गर्दा विमानस्थल बाहिर रहेका युरो पठाउने एजेन्ट पदम विश्वकर्मालाई पनि एक लाख २० हजार नेपाली रुपियाँसहित नियन्त्रण लिएर अनुसन्धान भइरहेको छ ।
आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको जानकारी पनि प्रहरीले दिएको छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...