काठमाडौँ , पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ ।
यसबीचमा सरकार बदल्नेमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ ।
पुस्तकको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, एकीकृत समाजवादीकी नेत्री गरिमा शाह र राजनीतिक विश्लेषक हरि शर्माले लोकार्पण गरे ।
विसं २०४६ को राजनीतिक परिवर्तनदेखि २०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्ता सङ्घर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ ।
उक्त अवधिमा जेजति सरकार बने तिनको गठन, विघटन कसरी भयो, राजनीतिको मियोे कसरी अघि बढ्यो भन्ने विषय पुस्तकमा वर्णन गरिएको छ ।
मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्तरघात, संसद् विघटन, निर्णय उल्टिएको रात, कम्युनिष्टको काँधमा पञ्चायतको रजाइँ, कांग्रेसको काँधमा सूर्यबहादुर थापा, किसुनजीमाथि अर्को घात, विन्तिपत्रले बदनाम, नयाँ खेतालाको खोजी, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, प्रधानन्यायाधीशलाई सत्ता, सत्ता स्वार्थको पुनरावृत्तिलगायत शीर्षकमा लेखकले तत्कालीन घटनाक्रमलाई उजागर गरेका छन् ।
पुस्तकको लोकार्पण गर्दै कांग्रेस महामन्त्री थापाले राजनीतिक दलको संरचना, सदस्यता प्रणाली, आन्तरिक सत्ता, अभ्यास परिवर्तन नभएसम्म मुलुकमा राजनीतिक स्थिरताका लागि चुनौती रहिरहने बताए ।
उनले लोकतान्त्रिक प्रणालीमा नियमभित्र रहेर अभ्यास गर्नुपर्छ, प्रतिपक्षले प्रधानमन्त्रीलाई समर्थन गर्न नियमले मिल्दैन, यस विषयमा खुला र पारदर्शीरूपमा छलफल र बहस हुनुपर्छ, यस पटकको संसद्लाई मुलुकको समस्या समाधान गर्ने थलो बनाउन सबैबाट प्रयास हुनु पर्नेमा जोड दिएका थिए ।
एमाले उपमहासचिव ज्ञवालीले ३० वर्षको अनुभवले सरकार, संसद् र राजनीतिक स्थायित्व मात्र नभई नीति र प्रणालीलाई स्थिर दिनेतर्फ घच्घच्याएको बताए ।
उनले परिवर्तनकारी शक्तिबीच न्यूनतम समझदारी नभएसम्म राजनीतिलाई नै पनि स्थायित्व दिन कठिनाई पर्ने विगतको अनुभवबाट पाठ मिलेको छ, राजनीतिलाई प्राथमिकतामा राख्दा आर्थिक, पूर्वाधार निर्माण र समृद्धिका मुद्दा पछाडि परेका हुन्, अब त्यसलाई सच्याउन पर्ने धारणा राखे ।
एकीकृत समाजवादीका नेत्री शाहले पत्रकार भण्डारीले आफैं साक्षी रहेर देखेको, भोगको, सुनेको र अनुभव गरेको मुलुकका प्रमुख राजनीतिक घटनासम्बन्धी विषयवस्तु समेटिएको राजनीतिक इतिहास पुस्तकको अध्ययनबाट अतितको सम्झना, वर्तमानको सिकाइ र भविष्यका लागि हौसला प्रदान गर्ने सन्दर्भ सामग्री रहेको बताइन् ।
विश्लेषक हरि शर्माले इतिहास सामान्य ढङ्गबाट अघि नबढ्ने हुँदा जुन कालखण्डका लागि केन्द्रीत रही पुस्तक लेखिएको हो त्यसको सत्ता सङ्घर्षमा त्यो इतिहासको झझल्को दिएको उल्लेख गरे ।
साङ्ग्रिला मिडिया ग्रुप प्रालि प्रकाशक रहेको उक्त पुस्तकको मूल्य रु छ सय ७५ छ ।
धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...
लेखनाथ, चैत २९ गते। पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग...
काठमाडौं- नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार...