काठमाडौं, सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँ बृद्धिगरी ५४० रुपियाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताइन् ।
यस्तै, ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ ।
उनले भनिन, “आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपियाँ तोकेका छौँ ।
सरकारले ७० रुपियाँ ढुवानीका लागि अनुदान दिने पनि निर्णय गरेको छ ।” उनका अनुसार प्रस्तावित समर्थन मूल्य ५३५ थियो ।
बैठकले पाँच रुपियाँ बढाएर ५४० रुपियाँ समर्थन मूल्य तोकेको हो । जुन गत वर्षको तुलनामा २० रुपियाँ बढी हो ।
गतवर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ तोकेको थियो । ढुवानी बापतको अनुदान रकम ७० रुपियाँ नै कायम गरेको थियो ।
अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपियाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।
कृषिमन्त्री साहका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिइएको हो ।
५४० रुपियाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपियाँ भने किसानलाई सरकारले दिएको अनुदान हो, उनले भनिन् ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...