काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति आफ्नो दलले पाउने गरी सत्ता साझेदार दलबीच सहमति भइसकेको बताएका छन् । सोही अनुसार राष्ट्रपतिमा उम्मेदवारी दिने उनले बताए ।
कांग्रेस नेताहरुले अब राष्ट्रपति आफ्नो मिशन भएको बताइरहँदा एमाले अध्यक्ष ओलीले सत्ता साझेदार दलबीच राष्ट्रपति आफ्नो दललाई दिने सहमति भइसकेको बताए ।
संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले राष्ट्रपतिबारे सोधेको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’
एमालेको राष्ट्रपति उम्मेदवारबारे सोधेको जिज्ञासामा ओली पछि भनौंला भनेर टारेका थिए ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी...