२०८० मंसिर २०
December 6, 2023, Wednesday

महाप्रवन्धक झालाई तत्काल पक्राउ गरी जनक शिक्षा सामग्री केन्द्रमा भएको अनियमितता छानबिन गर्न माग

महाप्रवन्धक झालाई तत्काल पक्राउ गरी जनक शिक्षा सामग्री केन्द्रमा भएको अनियमितता छानबिन गर्न माग

काठमाडौं, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा ड्यामेज कागज कवाडीमा बेचेर चरम भ्रष्टाचार गर्न खोजिएको पत्रकार तथा अधिकारकर्मीहरुको आरोप छ ।

उनीहरुका अनुसार गत पुष २७ गते करिव एक लाख ५३ हजार केजी कागज भएका १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने कार्य गरेको पाइएसँगै प्रहरीले १३ वटा कन्टेनर अहिले नियन्त्रणमा लिएको पनि उनीहरुको खुलासा छ ।

जनक शिक्षाको भ्रष्टाचारलाई बाहिर ल्याउन अहोरात्र खटिएका पत्रकारहरु कुश्लव केसी, सन्दीप रेग्मी र अधिवक्ता यज्ञमणी न्यौपानेको टिमले घटना भएको भोलिपल्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएका छन् ।

तर, उजुरी दिएको आठ दिन वितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेपछि उनीहरुले आज ९बुधबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

जनक शिक्षामा ठूलो घोटला हुँदैछ भन्ने गोप्य सूचना भित्रबाटै जानकारीमा आएको कुश्लवले बताए । जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागेपनि यसमा लाखौं बालबालिकाको भविष्य जोडिएकोले आफूहरुले उक्त विषय सार्वजनिन गरेको उनको स्पष्टोक्ति थियो ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता सन्दीप रेग्मीले सरकारले अनुसन्धानमा आलटाल गरेर भ्रष्टाचारमा मुछिएकाहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए ।

आफूहरुको आशंका जनक शिक्षाका पदाधिकारीहरुमाथि रहेको र अख्तियारले शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले अख्तियारलाई एक–अर्कालाई देखाउँदै अनुसन्धान गर्न आलटाल गरिरहेको उनको आरोप छ ।

‘हामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पनि उजुरी दर्ता गराएका छौं ।

र समस्या के छ भने अख्तियारले जनक शिक्षा चाहीँ शिक्षा मन्त्रालय मातहतको कार्यालय हो । शिक्षा मन्त्रालयको प्रतिवेदन कुर्नुपर्छ भन्छ ।

शिक्षा मन्त्रालयबाट यो काम अख्तियारको हो भनेर भ्रष्टाचारमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन खोजिएको छ,’उनले भने ।

त्यसैगरी, अधिवक्ता यज्ञमणी न्यौपानेले आफूहरुले भ्रष्टाचारको सूचना दिएको आज आठ दिन भइसक्दा पनि राज्यले यसबारेमा कुनै चासो नदेखाएको गुनासो पोखे । उक्त विषयलाई यथास्थितिमा राख्न खोज्नुमा गम्भीर आशंका पैदा भएको उनको टिप्पणी थियो ।

जनक शिक्षाका महाप्रवन्धक अनिल कुमार झा, खरिद प्रमुख र स्टोर प्रमुखलाई तत्काल पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडि बढाउन पनि उनले सरकारसमक्ष आग्रह गरे ।

‘यी कन्टेनर र यसमा संलग्न व्यक्ति, जनक शिक्षा सामाग्रीका जिएम अनिलकुमार झासहितका खरिद प्रमुखलाई पक्राउ किन नगरिएको रु कि अख्तियारले भन्नुपर्यो यसमा हाम्रो पनि संलग्नता छ भनेर, होईन भने उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उनले भने ।

साथै, अख्तियारले आफ्नो क्षेत्राधिकार शिक्षा मन्त्रालयमा बुझाउन नमिल्ने उनको तर्क छ । ‘अख्तियारले जनक शिक्षा सामाग्रीलाई कारबाही नगर्नुको कारण के ? अख्तियारका प्रमुख र जनक शिक्षाका प्रमुख एउटै पद्धतीबाट नियुक्ति भएको र कारबाहीको प्रक्रिया अगाडि नबढाईएको भन्ने कुरा बाहिर आएको छ,’ उनले भने ।

पत्रकार सम्मेलन भने निशा कार्कीले सञ्चालन गरेकी थिईन् ।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ माघ ५, बिहीबार ०९:११ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ माघ ५, बिहीबार ०९:११ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

आगो ताप्ने क्रममा जलेर ४५ वर्षीय नेपालीको मृत्यु
आगो ताप्ने क्रममा जलेर ४५ वर्षीय नेपालीको मृत्यु
  • २०७९ माघ ५, बिहीबार ०९:११ गते

 बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो...

TOP