एजेन्सी, अनुहार सुन्दर बनाउन बजारमा अनेकथरी क्रिम तथा क्यामिकल्सहरु पाइन्छन् ।
तर, तपाईंले भान्छाबाटै पनि सुन्दर छाला र स्वस्थ शरीर पाउन सक्नुहुन्छ । भान्छामा पाइने बेसारले पनि शरीरमा धेरै फाइदाहरु गर्छ । साथै यसले छालालाई पनि सुन्दर बनाउन मद्दत गर्छ ।
बेसार पानी पिउनुका फाइदा
– नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन् ।
– शरीर दुखेको समयमा बेसार खाँदा यसमा पाइने तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ ।
– नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ । यसले समय नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ ।
– नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ ।
– बेसारमा करक्युमिन नामक रसायन रहेको हुन्छ । यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ ।
– बिहान उठ्ने बित्तिकै मन तातो पानीसँग मिलाएर खाएमा दिमाग तेज हुन्छ ।
– साथै यसलाई बेसनमा मिसाएर लेप बनाएर लगाउँदा छालामा चमक आउनुका साथै मुलायम हुन्छ ।
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् । आइतबार बिहान शहीद...
काठमाडौँ, पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको...
काठमाडौँ, सेफ्स एशोसियशन अफ नेपालले निःशुल्क मुटुको जाँच तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । एशोसियशनले सोनाम ल्होसारको अवसरमा नेपाल...