२०८० चैत्र १५
March 28, 2024, Thursday

उखुको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टलमा २० रुपियाँ वृद्धि

उखुको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टलमा २० रुपियाँ वृद्धि

काठमाडौं, सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँ बृद्धिगरी ५४० रुपियाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताइन् ।

यस्तै, ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ ।

उनले भनिन, “आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपियाँ तोकेका छौँ ।

सरकारले ७० रुपियाँ ढुवानीका लागि अनुदान दिने पनि निर्णय गरेको छ ।” उनका अनुसार प्रस्तावित समर्थन मूल्य ५३५ थियो ।

बैठकले पाँच रुपियाँ बढाएर ५४० रुपियाँ समर्थन मूल्य तोकेको हो । जुन गत वर्षको तुलनामा २० रुपियाँ बढी हो ।

गतवर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ तोकेको थियो । ढुवानी बापतको अनुदान रकम ७० रुपियाँ नै कायम गरेको थियो ।

अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपियाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।

कृषिमन्त्री साहका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिइएको हो ।

५४० रुपियाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपियाँ भने किसानलाई सरकारले दिएको अनुदान हो, उनले भनिन् ।

Related News

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७९ माघ ५, बिहीबार १०:०९ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७९ माघ ५, बिहीबार १०:०९ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ माघ ५, बिहीबार १०:०९ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

TOP