२०८० मंसिर २०
December 6, 2023, Wednesday

उपसभामुखबाट किन पछि हटिन सोविता गौतम ?

उपसभामुखबाट किन पछि हटिन सोविता गौतम ?

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफू कुनै पदमा नहुँदा पनि संसदमा बुलन्द आवाज लिएर उभिने बताएकी छिन्।

शुक्रबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएकी हुन्।

‘केही पनि पदमा नहुँदा पनि संसदमा बुलन्द आवाज उठाउने सोविता गौतम हो भन्ने कुरा यहाँहरूले देख्नुहुन्छ।

जनताले दिनुभएको अधिकारको भरपुर उपयोग गर्ने स्थानमा सोविता हुन्छ,’ उनले भनिन्।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय जगतले नै चिनेको मान्छेलाई पार्टीले उपसभामुखको उम्मेदवार बनाएको उनले बताइन्।

‘राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय जगतले नै चिनेको मान्छे हो इन्दिरा राना मगर।’ सोविताले भनिन्, ‘कानूनसँग सम्बन्धित कुरा भएकोले मिडियामा धेरै कुरा भयो। आकांक्षा राख्नु पनि स्वभाविक कुरा हो।’

छलफलको माध्यमबाट टुंगिएको भन्दै उनले फाइदा र बेफाइदाका विषयमा पनि छलफल भएको उनले बताइन्।

‘सर्वसम्मती रुपमा म आफैं प्रस्तावक बसेर उहाँलाई अगाडि सारिएको हो,’ उनले भनिन्, ‘हामी पार्टीका सबै साथिहरु सँगै छौं। उहाँलाई चाहिने सम्पूर्ण विज्ञताको कुरामा मेरो साथ रहनेछ।’

आफ्नो पार्टीले उम्मेदवार बनेकी इन्दिरा राना मगर क्षमतावान भएको उनले बताइन्। ‘उहाँले कानूनको प्राक्टिकल रुपमा धेरै प्राक्टिस गर्नुभएको छ।

उहाँलाई कानुनको अंश अंश थाहा छ। हामीले पार्टीभित्र घनिभूत रुपमा छलफल गरेर मात्र निर्णय लिएका हौं।’ उनले भनिन्।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ माघ ६, शुक्रबार १२:४५ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ माघ ६, शुक्रबार १२:४५ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ माघ ६, शुक्रबार १२:४५ गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

TOP