२०८० मंसिर १४
November 30, 2023, Thursday

वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा ३ प्यानल, अध्यक्षमा कांग्रेसका ‘बागी’

वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा ३ प्यानल, अध्यक्षमा कांग्रेसका ‘बागी’

काठमाडौ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ।

आज हुने २९औँ साधारणसभापछि संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुने पक्का भएको हो।

निर्वाचनका लागि व्यवसायीहरुले पार्टीगत प्यानल बनाएका छन्। नेपाली कांग्रेस, एमालेले आ-आफ्ना प्यानल बनाएका छन् भने माओवादी र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीले एउटा प्यानल बनाएका छन्।

नेपाली कांग्रेस निकट व्यवसायीबाट अध्यक्षमा कुमुद खनाललाई अघि सारेको छ भने महासचिवमा मेघनाथ भुर्तेलले उम्मेदवारी दिएका छन्।

कांग्रेस निकटकै भुवन सिंह गुरुङले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन्। एमाले निकट व्यवसायीबाट राजेन्द्र भण्डारी अध्यक्षमा र मिलन कट्टेल महासचिवका उम्मेदवार छन्।

यस्तै माओवादी निकट र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीले तालमेल गरेका छन्। यो प्यानलबाट अध्यक्षमा ईश्वर बहादुर जिसी र महासचिवमा मधुकर रिजाल प्रतिस्पर्धामा छन्।

प्रथम उपाध्यक्षमा किशोर कुमार केसी, धनलाल जैसी, सुरजकुमार घुण्डे र डिकबहादुर खत्रीको उम्मेदवारी परेको छ।

द्वितीय उपाध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। महमद जवारदिन मिया, अख्तर हुसेन, प्रमेश्वर अधिकारी, सञ्जु गुरुङ्ग र बाबुराम खड्का छन्।

तृतीय उपाध्यक्षमा संजय पनेरु, मोहनकुमार ढुंगेल, अनिता बोगटी, रोसन कटुवाल र ओमबहादुर न्यौपाने उम्मेदवार छन्।

सचिवका लागि कर्णराज कटुवाल, हर्कबहादुर लिम्बु, राजेन्द्र अधिकारी, गोमा गिरी क्षेत्री, टक्करबहादुर पाख्रिन र प्रेमराज लावती उम्मेदवार छन्।

कोषाध्यक्षमा हिमा गुरुङ, हिरादेवी बुढाथोकी, सरिता घले, केदारनाथ अधिकारी र सरस्वती सुवेदी प्रतिस्पर्धामा छन्।

वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्। साधारण सभा गौशलाको अनुपम ब्याङ्क्वेट गौशालामा हुनेछ।

Related News

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ माघ ६, शुक्रबार १२:१४ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
  • २०७९ माघ ६, शुक्रबार १२:१४ गते

सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ ।  आजदेखि प्रत्यक दिन...

रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
  • २०७९ माघ ६, शुक्रबार १२:१४ गते

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश...

TOP