एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनविरुद्ध वेस्ट ह्यामले सहज जीत निकालेको छ । गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले एभर्टनविरुद्ध २–० को सहज जीत निकालेको हो ।
वेस्ट ह्यामको जीतमा दुवै गोल जारोड बोवेनले गरे । यो जीतपछि वेस्ट ह्यामको १८ अंक पुगेको छ । ऊ १५ औं स्थानमा रहेको छ । एभर्टन रेलिगेसन जोनमा छ । ऊ १९ औं स्थानमा छ ।
प्रिमियर लिगअन्तर्गत नै एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले हराएको छ । त्यस्तै, ब्राइटन र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् ।
क्रिस्टल प्यालेस र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले ।
पोखरा, नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको...
एजेन्सी, आर्सनललाई १-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रिमियर...
एजेन्सी, मड्रिड डर्वीमा एथलेटिकोलाई ३-१ गोलको नतिजामा पराजित गर्दै रियल स्पेनिस कोपा डेल रेको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार...