२०८० मंसिर २१
December 7, 2023, Thursday

बुद्धले बेच्यो २५ वर्षअघि पहिलो उडान गराएको जहाज, तीनवटा ‘एटिआर’ किन्दै

बुद्धले बेच्यो २५ वर्षअघि पहिलो उडान गराएको जहाज, तीनवटा ‘एटिआर’ किन्दै

काठमाडौं, निजी वायुसेवा कम्पनी बुद्ध एयरले तीन वटा रटिआए–७२ जहाज खरिद गर्ने योजना बनाएको छ।

बुद्धसँग अहिले ११ वटा एटिआर–७२ छ। यात्रुको चाप बढेको भन्दै थप तीन वटा रटिआए–७२ जहाज खरिद योजना बनाएको कम्पनीले जनाएको छ।

बुद्धले पहिलो व्यावसायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको छ। ‘बी १९०० डी’ जहाज बेचिएको हो।

बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान सुरू गरेको थियो। उडान थालेको २५ वर्षपछि बुद्धले क्यानडियन कम्पनीलाई जहाज बिक्री गरेको हो।

१८ सिट क्षमताका यो जहाज २५ वर्षसम्म नियमित उडान गरिरहेको थियो। आन्तरिक हवाइ उडान कम्पनीमा सबैभन्दा ठुलो बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटिआर–७२, ३ वटा एटिआर–४२ जहाज छन्। विभिन्न गन्तव्यमा अहिले बुद्धले उडान गरिरहेको छ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ माघ ८, आईतवार १७:१७ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

आमाबुवाको हत्या गर्ने पक्राउ
आमाबुवाको हत्या गर्ने पक्राउ
  • २०७९ माघ ८, आईतवार १७:१७ गते

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ माघ ८, आईतवार १७:१७ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP