काठमाडौं, नेपाल क्रिकेट संघ क्यानले मोन्टी देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय भएको छ। क्यानको मुख्य प्रशिक्ष छनोट समितिले भारतीय प्रशिक्षक देशाईलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
क्यानका प्रबन्धक वृत्तान्त खनालले भने, समितिले संयुक्तरूपमा हेर्दा मोन्टी देशाई नै राम्रो पायौँ। हामीले उनको नाम माथिल्लो तहलाई प्रस्ताव गरेका छौँ।’ यसबारे क्यानले औपचारिक घोषणा भने गर्न बाँकी छ।
सन् २०१७ मा देशाईले नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवरी निर्वाह गरेका थिए ।
देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा नेपाली क्रिकेट टिमका लागि पनि काम गरेका थिए ।
कुल २४ जनाले दिएको आवेदनबाट उत्कृष्ट ५ निवेदकको अन्तवार्ता लिइएको थियो।
काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...
काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...
काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ । ओमानकाे अल अमिरात क्रिकेट...