२०७९ माघ १९
February 2, 2023, Thursday

अमेरिकामा दुई दिनभित्रै दोस्रोपटक गोलीबारीको घटना, सात जनाको मृत्यु

अमेरिकामा दुई दिनभित्रै दोस्रोपटक गोलीबारीको घटना, सात जनाको मृत्यु

एजेन्सी, अमेरिकाको उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोलीबारीको घटना भएको छ ।

सान माटेओ काउन्टी शेरिफको कार्यालयका अनुसार धेरै व्यक्ति घाइते भएका छन् र एक संदिग्धलाई हिरासतमा लिइएको छ ।

दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको थियो ।

हाफ मून बे सैन फ्रान्सिस्कोबाट लगभग ५० किलोमिटर टाढा छ । घटना भएको दुई घण्टापछि प्रहरीले ६७ वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धान एजेन्सीले संदिग्ध व्यक्तिको कार शेरिफको डिपार्टमेन्ट सबस्टेसनको पार्किङमा फेला पारेको जानकारी दिएको छ र स्थानीय मिडियाका अनुसार गोलीबारीमा प्रयोग गरिएको बन्दुक यसै कारबाट बरामद भएको थियो ।

Related News

कालीगण्डकीको शिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने
कालीगण्डकीको शिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने
  • २०७९ माघ १०, मंगलवार १०:२७ गते

गोरखपुर, भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति...

राहुल गान्धीले पूरा गरे ‘भारत जोडो’ यात्रा, घृणाको बजारमा प्रेमको दोकान खुल्ला ?
राहुल गान्धीले पूरा गरे ‘भारत जोडो’ यात्रा, घृणाको बजारमा प्रेमको दोकान खुल्ला ?
  • २०७९ माघ १०, मंगलवार १०:२७ गते

राहुल गान्धीले ‘भारत जोडो’ यात्रा पूरा गरेका छन् । उनको यो पैदल यात्रा १४६ दिन लामो रह्यो । तीमध्ये १०...

पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
  • २०७९ माघ १०, मंगलवार १०:२७ गते

एजेन्सी, पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विष्टफोमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । यो मस्जिद पेशावरको...

TOP