पोखरा, गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।
उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरुको नियुक्तिसँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ । यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका थिए ।
मन्त्रीहरुको जिम्मेवारी पनि मंगलबार नै तोकिएको छ । एमालेका रोशन गाहाले आन्तरिक मामिला , सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
गण्डकी प्रदेशका नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...