बाजुरा– बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दू बनाएर गएको भुकम्पका कारण १ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बाजुरा प्रहरीले जनाएको छ।
गौमुल गाउँपालिका वडा नम्बर २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ।
जंगलमा घाँस काटिरहेको बेला भूकम्पको धक्काले माथिबाट ढुँगा खस्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन्। गौमुल गाउँपालिका वडा नम्बर १ मा १ स्थानीय घाइते भएका छन्।
जंगलमा भेडा चराउन गएका बेला माथिबाट भीर फुटेर पहिरो जाँदा ४० देखि ५० भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाइते भएका बताइएको छ।
भूकम्बाट दर्जनौं घरमा क्षति पुगेको छ। केही घर भत्किएका छन्। स्कुलहरुमा समेत क्षति पुगेको जनाइएको छ। त्यसैगरी केही घाइते भएका छन्।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या नजिकै केन्द्रबिन्दू बनाएर ५.९ रेक्टरस्केलको भूकम्प गएको थियो। देशको पश्चिम क्षेत्रमा भूकम्पको धक्क महसुस भएको थियो।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...